कुन नेताले कुन स्थानबाट प्रतिनिधी सभाका लागि मनोनयन दर्ता गरे ?

प्रतिनिधी सभाका लागि प्रधानमन्री देउवाले डडेलधुरा, एमाले अध्यक्ष ओली झापा- ५,बाट माओवादी अध्यक्ष प्रचण्ड गोर्खा २ जसमा अध्यक्ष सप्तरी २ एवं जनमोर्चा अध्यक्ष बाग्लुङ १ बाट मनोनय दर्ता 

काठमान्डौ

आईतबार नेपालका शीर्ष नेताहरुले आज प्रतिनिधीसभाका लागि मनोनयन दर्ता गराएका छन ।

शेर बहादुर देउवा

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । यसपटक देउवापत्नी आरजु देउवाले उनको मनोनयन दर्ता गराएकी हुन् ।

यससँगै देउवा सातौंपटक डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आइतबार दिउँसो २ बजेर २३ मिनेटमा डा आरजुले मुख्य निर्वाचन कार्यालयमा पुगेर देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रधानमन्त्री देउवाका तर्फबाट मन्जुरीनामा लिएर उम्मेदवारी दर्ता गराउन शनिबार साँझ नै प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा डडेलधुरा आइपुगेकी थिइन् ।

यसभन्दा अघिल्ला निर्वाचनमा देउवाका तर्फबाट स्थानीय नेताहरूले उम्मेदवारी दर्ता गर्ने गरेका थिए । देउवाले २०४८ र २०५६ बाहेकका हरेक निर्वाचनमा प्रतिनिधि मार्फत् उम्मेदवारी दर्ता गराउँदै आएका छन् ।

केपि ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । ओलीले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

ओली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा- ५ बाट निर्वाचित भएका थिए । त्यतिबेला माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएका थिए भने यसपटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । 

झापा- ५ बाट सत्तारुढ गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालमा सोही निर्वाचन क्षेत्रमा ओलीबाट पराजित भएका थिए ।

पुष्प कमल दाहाल प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि दाहाल अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न गएका हुन् । दाहालसँग उम्मेदवारी दर्ताका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा पुगेका छन् । 

२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ५ बाट निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित दाहाल यो पटक भने गोरखा २ मा पुगेका हुन् ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० का निर्वाचनमा भने उनले सुनसरी ५ बाट निर्वाचित भएका थिए । 

जसपा उम्मेदवारी दर्ता गर्नु केही दिन पहिलेमात्रै एमालेसँग गठबन्धन गर्न पुगेको हो । सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो ।

चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । सत्ता साझेदार गठबन्धनले केसीलाई उम्मेदवार बनाएको हो ।

उनले आइतबार साढे ४ बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको प्रतिक्रिया दिए । ‘म तन्नेरी भएर चुनाव लडेको होइन, तर संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि आइपरेको संकटका कारण मैले उम्मेदवारी दिएको हुँ’ केसीले भने, ‘गणतन्त्रमाथि बादल लागेकोले संविधान जोगाउनेहरूको गठबन्धन गर्नु परेको हो ।’

ताजा समाचार