काठमाडौं । अगाामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची पेस गरिरहेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समायवधिको दोस्रो तथा अन्तिम दिन सोमबारसाँझ ७ बजेसम्म प्रतिनिधिसभातर्फ ११ दलले र प्रदेशसभातर्फ ४० दलले बन्दसूची पेस गरेका छन् ।
निर्वाचन आयोगको परिसरमा बन्द सूची पेश गर्न प्रवेश गरिसकेकाले रातिसम्म पनि पेश गर्नसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार साँझ ७ बजेस्म्म प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेश गरेको
साँझ ७ बजेसम्ममा सात दलले, मधेश प्रदेशमा ६ दलले, बागमती प्रदेशमा ७ दलले, गण्डकी प्रदेशमा ५ दलले, लुम्बिनी प्रदेशमा ४ दलले, कर्णाली प्रदेशमा ४ दलले र सुदूरपश्चिम प्रदेशमा ७ दलले बन्दसूची पेस गरेका छन् । प्रमुख राजनीतिक दलले भने अहिले बन्दसूची पेश गरिरहेका छन् ।
बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुँझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेससँग बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ । बन्दसूची मिलाउँदा कलस्टरअनुसार नमिलेको मिलाउन पाइने, क्रमसंख्या तलमाथी गर्न पाइने तर, पेश गरेको संख्या भने घटाउन र बढाउन नपाइने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ ७६ दलले निवेदन दर्ता गराएका थिए भने प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ प्रदेश एकमा ६३ दल, मधेश प्रदेशमा ६७ दल, बागमती प्रदेशमा ६६ दल, गण्डकी प्रदेशमा ६० दल, लुम्बिनी प्रदेशमा ६२ दल, कर्णाली प्रदेशमा ५७ दल र सुदुरपश्चिम प्रदेशमा ५८ दलले निवेदन दर्ता गराइसकेका छन् ।