११ सदस्यीय समितिले गर्नेछ अर्थमन्त्री शर्मामाथि छानबिन, कुन दलबाट कति सदस्य? 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति बनाउने सहमति भएको छ। 

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने भएको हो।

११ सदस्यमध्येबाट संयोजक छनौट हुनेगरी सहमति भएको हो। 

छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

अहिले संसद भवनमा समितिका लागि दलहरूबाट नाम संकलन भइरहेको छ। 

शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको थियो। सोही अनुसार दलहरुबीच समिति बनाएर अघि बढ्ने सहमति जुटेको हो।

अर्थमन्त्री तीब्र विवादमा परेपछि सभामुख अग्नि सापकोटाले बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर दलका सचेतकसँग छलफल गरेका थिए।


ताजा समाचार