भोट हालेपछि देउवाले भने : केपी ओली चुनाव हुँदैन भन्थे, गलत सावित भए 

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन हुँदैन भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गलत सावित भएको बताएका छन्। 

डडेल्धुराको गन्यापधुरा–१ मा पर्ने रुवाखोलाको अशिग्राम मावि मतदानस्थलमा मतदानपछि उनले चुनाव नहुने भन्दै आएका ओली स्वयम् निर्वाचनमा सहभागी भएको बताएका हुन्। 

ओलीले चुनाव हुँदैन–हुँदैन भन्थे। तर, आज उनीहरु नै चुनावमा सहभागी भएका छन्,’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने। उनले निर्वाचन भएपछि लोकतन्त्र सुनिश्चित भएको पनि बताए। 

स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा कैलालीको धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुगेका थिए। उनले बिहान ९ बजेर ५५ मिनेट जाँदा मतदान गरेका थिए।

ताजा समाचार