महोत्तरीमा बागी उम्मेदवार र प्रस्तावक समर्थक गरी ३२ जना कांग्रेसबाट निष्काशित 

महोत्तरीका विभिन्न पालिकामा पार्टीको निर्णयविपरीत बागी उम्मेदवार र प्रस्तावक समर्थक बनेका ३२ जना नेता कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गरेको छ। 

अनुशासन समितिको बैठकले विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका तथा तिनका प्रस्तावक बनेका ३२ जनालाई पार्टीबाट निष्काशन गरेको कांग्रेस महोत्तरीले जनाएको छ। 

साधारण सदस्यसमेत नरहनेगरी तिनीहरुलाई पार्टीबाट निष्काशित गरिएको महोत्तरी जिल्ला सभापति नागेस्वर यादवले जानकारी दिए।

पटक पटक उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न आग्रह गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको उनले बताए। 

बर्दिबास नगरपालिकामा कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीसहित बर्दिबासकै तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ।

ताजा समाचार