कांग्रेसका बागीसहित प्रस्तावक र समर्थक पार्टीबाट निष्काशित 

नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने कार्यकर्ता, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्काशन गरेको छ। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशन भएको’ जनाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपि सहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ।’

ताजा समाचार