सोमबारको मनोनयनअघि तालमेलको अधिकतम कोसिस गर्ने गठबन्धनको निर्णय  

काठमाडौँ — पाँच दलीय सत्तारुढ गठबन्धनले सोमबार मनोनयनअघि स्थानीय तहको तालमेलको अधिकतम कोसिस गर्ने निर्णय गरेको छ । केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि बसेको गठबन्धनले मनोनयनसम्म सिट बाँडफाँट मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार आइतबारको बैठकले ५ दलीय गठबन्धन बाहिर तालमेल नगर्ने पूर्ववत निर्णयलाई दोहोर्‍याएको छ । 

तालमेलको विषयमा सोमबार बिहान अध्यक्षहरु बैठक बसेर बाँडफाँटको सहमतिका लागि कोसिस गर्ने निर्णय पनि भएको छ । ‘विगतको समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने,’ मल्लले भने ।

ताजा समाचार