काठमाडौं
संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। तर, कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी भने परेन। संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची छ। भोलि १ बजे बैठक बस्दैछ। एमसीसी टबल गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेकाले कार्यसूचीमा नराखिएको बुझिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्न राष्ट्रिय सहमति हुनुपर्ने शर्त राख्दै आएका छन्।