सभापतिका लागि दोस्रो चरणको मतदान सुरु,दुबै प्रत्यासी मतदातासँग मत माग्दै (तस्विरहरु)

काठमाडौँ

सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणको मतदान सुरु भएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन । पहिलो चरणमा कसैल पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।

केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।

राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ 

ताजा समाचार