नेपाली काग्रेसको पहिलो चरणमा कसैले जित्न सकेनन, देउवालाई ८२ मत अपुग, दोश्रो पटक मतदान हुने,कोईराला पक्षधर उत्साही

काठमाडौं

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९  मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्,त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।

यससँगै कोइराला पक्षधर नेता कार्यकर्ता खुसी भएका छन् ।

ताजा समाचार