सभापतिमा शेरबहादुर देउवालाई शुरुवाती अग्रता

काठमाडौँ

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणनामा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म १ हजार ५ सय गनिसक्दा देउवाले ७२१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ५६२ र प्रकाशमान सिंहले ११६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ८१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ४ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा समाचार