एमाले पदाधिकारी निर्वाचनमा कसले कति मत पाए

चितवन

नेकपा एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको छ ।

मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरे ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२५ मत ल्याए । 

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७६ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए । 

सचिवमा पराजित भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत प्राप्त गरे ।

ताजा समाचार