एमालेको अध्यक्षमा केपि ओली विजयी, रावलले पाए २ सय २३ मत

चितवन

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

ताजा समाचार