सल्यान बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो

दाङ

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको छ । मृतककाे पहिचान भने खुल्न सकेकाे छैन ।

शनिबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

ताजा समाचार