अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले अमेरिकाका लागि श्रीधर खत्री, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र भारतका लागि शंकर शर्मालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । 

खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक हुन्।  आचार्य पूर्वपरराष्ट्रसचिव हुन् भने शर्मा अमेरिकाका लागि पूर्व राजदूत हुन् । 

ताजा समाचार