काठमाडौं । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निवेदन दिएका माधव कुमार नेपालको पार्टीको सदस्य बन्न २० रुपैया शुल्क तोकिएको छ ।
चन्द्रागिरी रिसोर्टमा पार्टीको विधान, नियमावली बनाउने काममा रहेका नेताहरुले नियमावलीमा २० रुपैयाँ शुल्क तिरेर सदस्यताको आवेदन दिन सकिने उल्लेख गरेका छन् ।
नियमावली अनुसार साधारण सदस्यताको मासिक शुल्क १० रुपैयाँ हुनेछ भने सांगठनिक सदस्यताको मासिक शुल्क २० रुपैयाँ हुनेछ।
नियमावलीमा भनिएको छ, ‘पार्टीका तर्फबाट सङ्घीय सरकारमा मन्त्री तथा सांसद बनेका र केन्द्रीय तहको राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई केन्द्रीय कमिटीले, प्रदेश सरकारमा मन्त्री तथा सांसद बनेका र प्रदेश तहको राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई प्रदेश कमिटीले र स्थानीय तहका विभिन्न पदमा कार्यरत जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई सम्बन्धित तहको स्थानीय पार्टी कमिटीले लेबी तोक्न सक्नेछ।’ ।
यस्तै सङ्गठित सदस्यताको नवीकरण आगामी वर्षको लागि चालु वर्षको फागुन–चैत महिनामा गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ।
नवगठित पार्टीको नियमावली अनुसार पार्टीमा अर्थ तथा योजना विभाग, उद्योग तथा वाणिज्य विभाग,उपभोक्ता हित संरक्षण, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाई, जलस्रोत, सिँचाइ तथा ऊर्जा, निर्वाचन लगायत ३१ वटा विभाग हुनेछन्।
निर्वाचन आयोगले सनाखतको लागि भदौ ९ गते बोलाएपछि त्यसको तयारीमा नेताहरु जुटेका छन् ।
नियमावलीको पूर्णपाठ