राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखबाट प्रसाई बर्खास्त, यादव नियुक्त

काठमाडौं । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशबाट विष्णु प्रसाद प्रसाईँलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

विहिबार मन्त्रिपरिषद बैठकले प्रसाइँको ठाँउमा माधव कुमार नेपाल निकट रहेका शर्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार