ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीबाट हटेको दुई साता पहिलो पटक राष्ट्रपति भण्डारीलाई ओलीले भेटवार्ता गरेका हुन् ।

उनीहरुको वीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलतनिवासमा भएको भेटवार्ता के विषयमा केन्द्रीत थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारी बीचको अवैध साँठागाँठमा प्रतिनिधि सभा विघटनदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना हुने गरेको थियो । तर, ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीबाट हटिसकेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्।

ताजा समाचार