प्रतिनिधिसभा दोस्रो पटक पुनःस्थापनापछिको पहिलो बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक पुनःस्थापना गरेको प्रतिनिधिभाको पहिलो बैठक आज(आइतबार) बस्दै छ ।

सर्वोच्चकै आदेशअनुसार आज अपरान्ह ४ का लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक अह्वान गरिसक्नुभएका छ ।

बैठकका लागि संसद सचिवालयले आन्तरिक तयारी अन्तिम चरणमा पु¥याएको छ भने संसदमा प्रतिनिधित्व गर्ने दलहरुले बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारी अघि बढाएका छन् ।

यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा प्रतिनिधिसभामा रहेका कांग्रेस, माओवादी केन्दलगाय दलहरु सत्तारुढ भएका छन् भने एमाले प्रमुख विपक्षी दलको रुपमा आजको बैठकमा सहभागी हुँदै छ । बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्नेबारे छलफल गर्न सबै पार्टीले संसदीय दलको बैठक बोलाएका छन् ।

सत्तारुढ कांग्रेसले भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ । सर्वाेच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ ।

ताजा समाचार