काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोपकेन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिनुभएको हो ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ।
अहिले मुलुकका ७७ वटै जिल्लामा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप अभियान चलिरहेको छ । काठमाडौंका ४४ वटा केन्द्रमा अहिले खोप अभियान संचालन भैरहेको छ तर भीडभाड भएको जनगुनासो छ ।
समयमा पालो नआउँदा वृद्धवृद्धाहरु लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।