आज देउवाकाे प्रधानमन्त्रीमा शपथ ग्रहण, सानो आकारको मन्त्रिपरिषद् बनाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) पाँचौँ पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लाग्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेशअनुसार उहाँ आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

आजै सानो आकारको मन्त्रिपरिषद्

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गर्नुभएको छ । आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।

जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ । जसपाको विवादबारे सर्वोच्च अदालतले साउन ३ मा निर्णय दिने सम्भावना रहेकाले त्यसकै आधारमा अघि बढ्ने तयारी सो समूहले गरेको छ ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अनिर्णित छ । एमालेको नेपाल(खनाल समूहका नेता माधव कुमार नेपालले भने परिस्थितिमा बदलाव आएकाले आफू अब गठबन्धनमा पनि नरहने जनाएका छन् । यद्यपि उनले एमालेलाई पनि समेटर संयुक्त सरकार बनाउन देउवालाई सुझाव दिएको जनाइएको छ ।

ताजा समाचार