ठमाडौ । नेकपा एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलले सहमति गरेको केही समयमै माधव कुमार नेपाल पक्षमा असन्तुष्टि बढेको छ ।
स्वयं माधव कुमार नेपालले पनि अदालतलाई प्रभावित पार्ने गरी सहमतिको अपब्याख्या गरिएको भन्दै आक्रोशित भइरहेको अवस्थामा अन्य नेता कार्यकर्ताहरुले पनि असन्तोष जनाएका हुन् ।
आइतवार मध्यरातमा एमाले कार्यदलले १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिले केही नेताहरु सन्तुष्ट देखिएपनि नेपाल पक्षका धेरै नेताहरु असन्तोष देखिएका छन् ।
नेपाल निकट पोलिटव्युरो सदस्य डा. विजय पौडेलले यही सहमति भएको हो भने प्रतिगमनका अगाडि घुँडा टेकेको बताए । उनले यस्तो सहमतिले पार्टी एकता नहुने समेत प्रष्ट पारेका छन् । अर्का पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडाले सहमतिको राजनीतिक अन्तरवस्तुमा आफू अहिले टिप्पणी नगर्ने र माधव नेपाल समूहमा छलफलपछि प्रतिक्रिया दिने बताए ।
तर, प्राविधिक कुरामा भने आफू असहमत रहेको खतिवडाले बताए ।
त्यस्तै प्रभावशाली युवा नेता राजेन्द्रकुमार राईले एमाले कार्यदलबीच भएको सहमतिलाई व्यक्तिगत सहमतिको संज्ञा दिए । कुनै पनि हालतमा त्यो सहमति नस्वीकार्ने भन्दै राईले आफूहरूको समानान्तर गतिविधि कायम नै रहने प्रष्ट्याए ।
अन्य नेता तथा कार्यकर्ताहरुले पनि अन्तोष पोख्ने क्रम बढेको छ । आम कार्यकताले हालसम्म जे कुराको लागि लडेका थिए, स्वार्थको लागि त्यो लडाइँलाई निस्तेज पार्न खोजेको उनीहरुको आरोप छ ।