पर्सिदेखि आवश्यक कोरोना खोप आउने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि देशमा आवश्यकजति कोरोना खोप आउने दाबी गर्नुभएको छ । बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले अब खोपको समस्या नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब भ्याक्सिनको समस्या छैन। पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ। भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो, केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिङ गरिरहेका छन्।′

विपक्षीहरूले देशलाई हिंसा र मुठभेडतर्फ लैजान खोजेको बताउँदै ओलीले हजारौँ प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिइएको बताउनुभयो ।

दलहरुले फैलाउने अराजकताले थप समस्या पैदा भएको बताउनुभयो ।ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताउँद भन्नुभयो, ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।’

ताजा समाचार