काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारको लागि भारतको दिल्ली लगिएको छ ।
उहाँलाई दुई दिन अघि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उहाँलाई लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि नर्भिक भर्ना गरिएको थियो । नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।
उहाँलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लगिएको हो । परिवारको इच्छा मुताविक उहाँलाई थप उपचारका लागि दिल्ली लगिएको हो । नेता खनालले गएको माघमा अपोलो अस्पतालमा उपचार गराउनु भएको थियो । त्यो बेला उहाँमा मृगौलामा समस्या देखिएको अस्पतालले जनाएको थियो ।
उहाँलाई साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको छ ।
उपचारमा संलग्न चिकित्सहरुका अनुसार उहाँको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उहाँलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।
हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।
नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।