म कुनै फोटोग्राफर हैन । न त मैले यस बिषयमा कुनै औपचारिक शिक्षा लिएँ। क्यामेराका प्राबिधिक तथा प्रयोगात्मक ज्ञानहरूको अभावका बाबजुदपनि जानी नजानी प्रयास गर्दैछु।
फोटोग्राफीमा सानो छदाँदेखिनै मेरो रूची रहेकाले यसतर्फ आकर्षित हुनु स्वाभाबिक थियो।गाँउमा डुलन्ते क्यामेराम्यानले पैसा नभएर तिर्न नसक्दा मेरै अगाडी मेरो फोटोलाई च्यातेर फ्याकिदिदा म कम्ता मर्माहत भईन। अनि त्यो पिडालाई भुल्न आमासँग बिन्तीभाउ चढाएर प्राप्त रकमबाट ने. रू. १३०० को रिल वाला क्यामेराले खिचेको तस्बिर १६/१७ बर्ष अघि अन्नपूर्ण पोष्ट पत्रिकामा छापिदाको खुशीलाई आज फेरी यस बर्ष क्यानन ८० डीले खिचेका तस्बिरहरूलाई प्राप्त लाईक, सेयर र प्रतिक्रियाबाट थप उत्साहित, उर्जा, खुशी र हौसला मिलेको छ।प्र
बिधीले अकल्पनिय प्राबिधिक तथा ब्यवसायिक फड्को मारिसक्यो । आफूलाई त्यही गति अनुरूप दौडाउन नसकेपनि अबोध बालकजस्तै खुशी हुने बहाना मिलेको छ। धन्यबाद।
Photographer: Jeevan Gurung Camera:Canon 80D
Location: Around Tokyo. jeevangurung376@gmail.com