दिया शाह, कैलाली, हाल योकोहामा जापान
हरेक वर्ष जस्तै यो वर्ष पनि अषाढ १५, दही चिउरा अनि श्रावन १५ मा खिर खुवाउंदै विभिन्न चाड पर्वहरू सुरू भए ।
हातका औंलाहरू भॅाच्दा भॅाच्दै दशैं पनि अॅागनमा आईपुग्यो! सयौं थरी फुलहरूको माला जस्तो सुन्दर देश नेपाल! अनि धार्मिक शहिष्णुताले बांधिएका नेपाली ! हरेक जात जातीले बिभिन्न नाम र तरिकाले मनाए पनि दशैं सबैका निम्ती साह्रै नै महत्वपूर्ण चाड हो ।
अहिले किसानहरूले वर्ष भरिको अन्न धान बाली भित्राउॅदै छनभने असोज महिनाको सुरिलो अनि शितल हावाले देशै भरि दशैंको सुगन्ध बोकेर दौडी रहेको होला! मनै हरर हुने त्यो माटोमा पनि दशैको बास्ना आईरहेको होला! यस्तो बेलामा यो परदेशी मन भने बिरत्तले भरिपूर्ण छ! अरू बेला जहॅा जुन अवस्थामा भए पनि चाड वाडमा भने घरपरिवार आफन्त ईष्टमीत्र सबै संगै भईदिए हुन्थ्यो जस्तो लाग्ने! परदेशमा हुनेहरूले सायद मैले जस्तै बिगतका चाडबाडहरू सम्झेरै दिन बिताउंदा हुन्! या त ग्यालरीमा भएका तस्वीरहरू हेर्दै यादहरू ताजा गर्दा हुन्! बाध्याता या रहरले अहिले थुप्रै नेपालीहरू संसार भरि छरिएर बसेका छन्। घर परिवार बाट टाढा हुने सबैको मन यतिबेला अमिलो भईरहेको होला।
कोरोनाले गर्दा २,३ बर्ष देखी चाडबाड राम्रो संग मान्न पाईएन। स्थिती अलिक सामान्य भएकोले होला यो वर्ष धेरै नेपाली दाजुभाई दिदीबहीनीहरू घर फर्किनु भएको छ! घर फर्किनेहरूमा पक्कै पनि हर्ष र उल्लास छाएको छ र छाउन पनि पर्छ !
प्रवाशी नेपालीहरू पनि दशैं मनाउने तयारीमा त छन्! तर काम काजको व्यस्तता अनि कतिपय कम्पनीहरूमा बिदा नमिल्ने कारणले घरदेशमा जस्तो हुदैंन परदेशका चाडबाडहरूमा।चाहेर पनि टाढा रहेका आफन्त साथीभाईहरू समेट्न, भेट्न सकिदैंन! मन त्यसै पनि धमिलीएको हुने भएर होला सुखको र खुशीको भन्दा पनि बिछोड र एक्लोपनालाई बढी साथ दिए जस्तो लाग्छ कहिले कहिं यी चाडबाडहरूले! कति पयले घरमा फोन गर्दा आफन्तहरूको दुखेसो सुन्न पर्ने भएर फोन नै गर्दैनौं पनि भन्ने गरेको सुनेकी छु। त्यसो त भर्खरै गएको तीजमा म पनि निकै बेर फोनमा रोएं। पोहोरसाल पनि भाईटिकामा निकै नरमाईलो मानेर घरमा फोन नै गरिन। आफुले रमाईलो सांट्न नपाएर होला अरूका फोटा हेर्दा पनि डाह र पिडा महशुस भईरहेको थियो! अंझ बिध्यार्थी भाई बहीनिहरूलाई त श्वास फेर्ने फुर्सद पनि हॅुदैन। के को दशैं के को टिका र जमरा बिध्यालय र काममा ब्यस्त हुन्छन्। साथी संग बसेर मिठो मसिनो बनाएर खाने फुर्सद पनि हुदैन। चाड पर्वमा निन्याउरो अनुहार बनाउंदै रूदै हिंडेको पनि देखेकि छु कतिपयलाई ।
आफ्नो उज्वल भविष्यका निम्ती र आफन्तहरूको खुशी किन्न परदेशिएका हामी नेपाली ! रोएर मन अमिलो पारेरै सधैं कहां चल्छ र? जो जहां जस्तो स्थितीमा छौं त्यहि रहेर दु:ख पिडा भुलाई चाड पर्व मनाउनुको विकल्प छैन। पछिल्लो पटक संस्कार र संस्कृतीको जगेर्ना गर्ने क्रममा अलीक पछि परीरहेका छौं हामी । हाम्रा हरेक चाडपर्वहरूका आफ्नै मूल्य र मान्यताहरू छन् , ति मूल्य मान्यता विपरित गई चाडपर्वलाई महंगा बनाउन तिर लागेका छौं हामी। चाड पर्वहरूलाई सामान्य रूपमा मनाऔं! संस्कृतीको जगेर्ना गर्नमा बढी होसियार रहौं! यहांनेर मैले अन्ध भत्त हुनु भनेकी छैन तर पछिल्लो समय हाम्रा चाडपर्वहरूमा देखिएका भड्किला र महंगा लवाई खवाईले हुदां खानेहरूलाई अनि दुखि गरिवहरूलाई गिज्याईरहेको छ। अझ हामी पराई भूमिमा चाड पर्व मनाउदै गर्दा हामीलाई धेरै देशका मानिसहरूले नियालीरहेका हुन्छन्। हामी व्यस्तताका कारण सबै नियमहरूको पालना गर्न त नसकौंला तर पनि सके सम्म सभ्य रहेर सामान्य तरिकाले चाड पर्वहरूमा रमाएर देखाउॅदा हाम्रै देशको शोभा बढ्छ! मान सम्मान बढ्छ। अझ यो भन्दा पनि महत्वपूर्ण त हाम्रा सन्तानहरूले राम्रो संस्कार सिक्छन्।
सम्पूर्ण नेपाली दाजुभाई दिदी बहीनिहरूमा बिजया दशमीको धेरै घेरै शुभकामना! माता दुर्गा भवानीले सबैको रक्षा गरून्, कल्याण गरून्! सबैको मनोकामना पूर्ण होस्!
(लेखकको ८ बर्ष जापान बसाईको अनुभव)