परदेश र एउटा सानो सहयोगले हुन सक्ने उपलब्धीहरु

सरू लम्साल

टोकियो जापान

लामो समयको अन्तरालपछि केही बिषयवस्तुमा लेख्न मन लाग्यो । हुन त आम संन्चार पत्रकारीतामा स्नाकोत्तर गरेको अनुभव भएपनि धेरै वर्ष कलम नचलाएकोले पनि होला ,यो लेख लेखिरहँदा अवस्य पनि त्रुटी हुन सक्छ माफ गर्नुहोला ।

करिब ८ वर्षको जापान बसाईमा कति बिषयवस्तुमा कलम चलाउने मन हुँदा हुँदैपनि  समय व्यस्थताले नजर अन्दाज गर्नुपर्यो । कतिपय बिषयवस्तुमा लेख्न मन हुँदाहुँदै  बाध्यताले लेख्न सकिएन । अब बिस्तारै लेख्न नसकेका कुरा पनि समय मिलाएर अवस्य लेख्नेछु , तर आज मैले लेख्न लागेको विषयवस्तुले पक्कै पनि कोही न कोही व्यक्तिको मानसपटलमा  सकरात्मक प्रभाव पार्नेमा विश्वस्त छु ।

अब लागौ घटनाक्रम र बिषयवस्तु तर्फ जापानको जीवनयापन ,दैनिकी , यहॉंको काम गर्ने शौली र भिषा धान्नको लागि विदेशीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशीत भईरहेका हुन्छन् । तर पनि नेपाल रहने साथी भाई ईष्टमित्र र परिवारलाई अझै बुझाउन नसकेको कारणले जापानमा रहने धेरै नेपालिहरुले तनाव लिने गर्नुहुन्छ ।

एकदिनको कुरा हो एकजना नेपालि सुरज (नाम परिवतॅन ) काम गरिरहेको अवस्थामा ऊहॉंलाई एक्कासी टाउको दुखेको अनुभव भयो । त्यो दिनको नाईट डिउटी सकेर अस्पताल आउनुभयो संयोगले मसँग भेट हुन पुग्यो  । यसै त विदेशीमा कोही नेपालिलाई गार्हो परेको छ भनेपछि सहयोग गर्न अघि सर्ने हामी नेपालिको संस्कार नै हो । त्यहीमाथि उहासगॅं भावनाको नाताले पारीवारीक सम्बन्ध जस्तै थियो । ऊहॉंलाई त्यसदिन CT scan गरेर खास्सै केही नदेखिएपछि दुखाई कम हुने औषधी लिएर हामी घर फर्कियौ । तर ऊहॉंको टाउको दुखाईमा खास्सै परिवर्तन आएन त्यसपछि कहिले ईमरजेन्सीमा  त कहिले पुन: त्यही अस्पतालमा चेकजॉंच गराऊने  क्रम र CT scan गर्ने क्रम जारी रहयो । कहिले दुखाई कम हुने औषधी त कहिले माईग्रेनको औषधी दिएर पठाउनु भयो अस्पतालबाट तर धेरै दिनको असैह्य  दुखाईपछि एकदिन रुदै "म त मर्छु अब मलाई निकै गाहो भयो मलाई छिटो अस्पताल लानु भन्दै “फोन गर्नुभयो र पुन: अस्पताल पुग्यौ । 

यस्तो अप्ठ्यारो परिस्थितमा परदेशको ठॉंऊमा न कोही आफन्त न कोही परिवार आफ्ना आँसुहरू दबाऊदै ऊहॉंलाई शान्त्वोना दिनु शिवय केही उपाय थिएन ।

डाक्टरले दुखाई कम हुने सुई लगाईदिनु भयो |स्लाईनबाट दुखाई कम हुने औषधी लगाईदिएपनि केही परिवर्तन भएन । घर फर्काएर ल्याऊ भने प्रदेशको ठॉंऊ साथि -भाई ,आफन्त कोही छैनन् , कता केही हुने हो कि झै लाग्ने । अस्पतालमा भर्ना गरौ डाक्टरले माईग्रेनको टाउको दुखाई भर्ना गर्न मिल्दैन भन्नुहुन्छ । म आफैलाई पनि माईग्रेन थियो तर ऊहॉंको जस्तो दुखाई हुदैनथ्यो । जापानको स्वास्थ्य सेवा राम्रो भएपनि यहॉं निर चाहिँ मलाई अल्लि राम्रो लागेन यस्तो बिरामीलाई दश दिन भईसक्यो के भएर यति सार्है टाउको दुख्यो भनेर गम्भिर रुपले नहेर्ने सामान्य CT scan गरेर दुखाई कम हुने औषधी दिँदै पठाउने ।अल्लि कडा तरिकाले मलाई पनि माईग्रेन छ तर यस्तो हुदैन डाक्टर के -कसरी हुन्छ रोग पत्तालगाउनुपयो ।MRI वा अन्य विधि प्रयोग गरेर हेरिदिनुहोस् भनेर आफैले भनेपछि बल्ल MRI गर्ने कुरा भयो । जापानमा सबै कुरा ठीक भएपनि यो अस्पतालमा उपचार गर्ने शौलि अत्यन्तै शुस्त र फरक छ । सायद यही कारणले होला धेरैले विभिन्न समस्या भोग्नुपरेको छ । अझ भनौ कोही -कोहीले त अकालमा ज्यान समेत गुमाउनु परेको छ । ऊहॉंको MRI रिपोर्टमा समस्या देखियो के भएको भन्ने गोपनीयताका कारण बाहिर खुलाऊन मिल्दैन । तर अत्याधिक तनावका कारण दिमाखमा असर परेको रहिछ । समयमै रोग पत्ता लागेर ऊहॉं अहिले टोकियो मेर्टो पुलिस अस्पताल नाकानोम् ऊपचारत हुनुहुन्छ । निकै राम्रो सुधार भएको छ ।

ऊहॉं मुत्यूको मुखमा पुगेर जितेर आउनु भको छ भन्दा पनि फरक पदैन । अब छिट्टै अस्पतालबाट घर फर्किदै हुनुहुन्छ । माफ गर्नुहोला होला सुरज (नाम परिवतॅन ) हजुरको बारेमा लेखेकोमा नलेखी बस्नै सकिन किनभने यो करिब एकमहिनाको अवधीमा हजुरको विभिन्न समस्याहरुलाई नजिकबाट नियालेकोले लेख्न मन लाग्यो ।
यतिका घटना क्रम बेलिबिस्तार लगाउदै गर्दा दिन खोजेको सन्देश के त ?भन्ने प्रश्न पनि आयो होला हजुरहरुलाई सन्देश के भन्दा शरीरिक स्वास्थ्य भन्दा मानसिक स्वास्थ्य बलियो हुनुपर्ने रहेछ । जब मानिसले आवस्यकता भन्दा बढी चिन्ता लिन्छ । अझ भनौ धेरै नै कुरा मनमा खेलाउने र सोच्ने गर्छ त्यसले हटॅट्याक ,प्यारालाईसिस ,मधुमेह र रोगप्रतिरोधात्मक क्षमतामा कम गराऊँदछ । लामो समय सम्म पिडा लुकाएर मन राख्नाले यसले भित्र-भित्र तपाईलाई सिध्याऊछ । यस्तो अवस्थामा आफ्ना कोही नजिकका यस्ता व्यक्ति जसले तपाईंलाई के भयो ? कस्तो छ ? म छु नि नआत्तिनुहोस भनेर सोध्ने गर्छ , त्यस्ता व्यक्तिलाई आफ्ना मनका कुरा सुनाऊनुहोस् ।
तनाव जसलाई पनि जुनवेला पर्न सक्छ । समय हुँदा नै तनावको समस्या पहिचान गरी समाधान गरिएन भने यसले गम्भिर शारिरीक रोग समेत निम्त्याउँछ ।तनाव कसरी कम गर्ने त ? भन्ने विषयमा हामिले मानसिक रोग विशेषज्ञ डा. मुत्ति आचार्यलाई सोधेका थियौ उहाँका अनुसार तनाव व्यवस्थापन गर्नका लागी परिवार, साथी-भाईले र समाजले हरेक तरिकाले विरामीको मनोबल बढाउन जरूरी छ । उहाँले तनावको वेला Mind लाई Distrack, गर्न जरूरीका साथै खुसी रहने बाटोहरू पहिचान गरी गलत सोचाईलाई हटाउने बताऊनुभयो ।विशेषत आफुले तनाव व्यवस्थापन गर्नसक्यो भने जिवन निकै सरल बन्ने ऊहॉंको भनाई छ ।
मनोरोग भन्ने वित्तिकै हाम्रो समाजमा पागलको संघा दिने गरिन्छ । हामी जतिसुकै पढे लेखेको भएपनि मानसिक रोगका डाक्टरसँग जान अझै हिच – किचाउछौ । यसै क्रममा अर्का मनोरोग विषे विशेषज्ञ डा. अनिल सुवेदीलाई के अहिले मनोरोग प्रति समाजको धारणा परिवर्तन भएको छ त ? भनेर प्रश्न गरेका थियौ । उहाँका अनुसार मनोरोग भयो भने अन्यन्त्र गएर झार-फुक अथवा अन्य विभिन्न चेक जाँच गरेपछि बल्ल मनोरोग डाक्टरकोमा आउने चलन अझै छ नेपालमा भन्नु हुन्छ ।

 विश्व स्वास्थ्य संगठनका अनुसार शारीरीक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य एकदमै महत्वपूर्ण मानिन्छ । डा. सुवेदीका अनुसार जब मानिसको मानसिक स्वास्थ्यले जिवनको रहन - सहनमा असरपर्छ, जस्तै: खान -पान, पारिवारीक र सामाजिक सम्बन्धहरूमा भने त्यो वेला तुरुन्त मनोरोग चिकित्सकलाई देखाउन अनुरोध गर्नुहुन्छ । मानसिक स्वस्थ्य विग्रीयो भने सबैकुरा बिग्रिदै जाने भएकोले समयमै ख्याल गर्न उहाँको सुझाव छ । अन्यमा दुवैजना मनोरोग चिकित्स डा : आचार्य र सुवेदीले नेपालमा मनोरोग बारेमा अझै जनचेतना  कमी भएकोले आफ्नो आफ्नो तवरबाट जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । 

मानिस सामाजिक प्राणी भएकोले उसलाई हरेक प्रकारका सम्बन्धहरूको खाँचो हुन्छ । जापानको अनेक प्रकारको तनाव यसलाई कम गर्न अझ परिवारको विशेषत भूमिका हुन्छ । आजभोली धेरैको अनुभव सुन्दा धेरै जसो व्यक्तिहरू पारिवारीक कारणले तनावमा परेको देखिन्छ कारण के त ? भनौ  भने फलानोले यो गर्यो, यति कमायो, तैले के गर्दस्, इन्यादी । आफ्नो जापानको परिस्थीती र भोगाइ बताउँदा कसैले पत्यार नगर्ने कारणले आफ्नो नजिकको मानिसहरुबाट हौसला  र शान्तोना नपाऊँदा आत्मवल घट्दै जान्छ । यस्तै साथी भाई हरुले आवश्यकता भन्दा ठुला गफ गर्ने, अरुलाई निचा देखाउने, सहयोग गर्न भन्दा वढी रिस गर्ने इन्यादी कुराहरूले पनि मानिसको आत्मबल गिराऊँछ। सके सहयोग गरौ होईन भने कसैको तनावको कारण नबनौ ।

तपाईलाई कसैको कारणले तनाब दिईरहेको छ  भने तनाव दिने विषयवस्तु र मानिसहरूबाट  टाढै बसौ । जीवन रहे तपाईको महत्व बुझे ति सबै सम्बन्धहरु पछि तपाईलाई खोज्दै आउनेछ । शारीरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यको पनि ख्याल राखौ |

ताजा समाचार