जापान सरकारले नोभेम्बर ८ तारिखदेखि लागू गरेको विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । अस्ट्रेलिया सरकारले पनि डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए छ। सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।
उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् , जापान र अस्ट्रेलिया । दुई वैदेशिक गन्तव्य खुला हुने भए पछि , नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।