प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने बार एशोसिएसनले

नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ। बिहीबार सर्वोच्च अदालत प्राङ्गणमा विरोधको कार्यक्रम गर्दै उनलाई रोक लगाईएको हो। 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार  बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाइएको हो। 

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन जारी छ। बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो।

ताजा समाचार