कांग्रेसमा नयॅा समिकरण,निधि,सिह र कोईरालाविच संयुक्त भेट।

काठमाडौ

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार सयुक्त लञ्च बैठक गरेका छन् । कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उनकै निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो ।

उनीहरुबीच आसन्न पार्टी महाधिवेशनदेखि नयाँ सत्ता समीकरण र आम निर्वाचनसम्मका बिषयमा छलफल भएको स्रोतले बताएको छ । संस्थापन पक्षमा रहेका निधि र इतरपक्षमा रहेका कोइराला र सिंहबीचको यो छलफललाई कांग्रेसमा नेतृत्वका लागि बिकसित भइरहेको संभावित नयाँ समीकरणको रूपमा व्याख्या गरिएको छ ।

गत शनिबारमात्रै पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच उम्मेदवारीको बिषयलाई लिएर मनमुटाब बढेको थियो । देउवाले आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलका क्रममा सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए ।

निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिको उम्मेदवार आफूलाई बनाएर सहयोग गर्न आग्रह गरेका थिए । देउवाले आफूले नछोड्ने बताएपछि निधिले संस्थापन र इतर दुवै पक्षका नेताहसँग भावी समीकरणको बिषयलाई लिएर छलफल अघि बढाउन थालेका छन् ।

ताजा समाचार