टोकियो
नेपालको पुनर्निर्माण तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीका लागि डायस्पोरा इन्भेस्टमेन्ट’कम्पनी (Diaspora Investment Company Ltd.) को भूमिकाबारेना जापान तथा कोरियामा रहेका नेपालीसँग विशेष छलफल हुने भएको छ।
डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको उद्देश्य, अवधारणा, लगानीको स्वरूप तथा नेपालको पुनर्निर्माण र पूर्वाधार विकासमा कम्पनीले खेल्न सक्ने भूमिकाबारे जानकारी गराउने उद्देश्यले सेप्टेम्बर ६, आइतबार अनलाईन (जुम छलफल) आयोजना गर्न लागिएको हो।
कम्पनीका निर्देशक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए)का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनका अनुसार कार्यक्रममा कम्पनीको अवधारणा र सम्भावित लगानीका अवसरबारे विस्तृत जानकारी गराउनुका साथै जापान तथा कोरियामा रहेका सम्भावित लगानीकर्तासँग प्रत्यक्ष छलफल गरिनेछ।
त्यस्तै, कार्यक्रममा कम्सपनीका अध्यक्ष महेश श्रेष्ठसहित अन्य निर्देशक एवं कार्यकारी निर्देशकउषा खतिवाडाले जापाव र कोरियामा रहेका नेपाली समुदायका प्रतिनिधि एवं सम्भावित लगानीकर्तासँग नेपालको पुनर्निर्माण र भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानी कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ।
आयोजकले सम्भावित लगानीकर्तालाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरेको छ।
कार्यक्रम विवरण:
मिति: ६ सेप्टेम्बर २०२६, आइतबार
समय: साँझ ५:०० बजे (नेपाल समय) / राति ८:१५ बजे (जापान समय)
माध्यम: Zoom
Meeting ID: 793 5864 6090
Passcode: 2026