१२वर्षपछि भयो कांग्रेसनिकट नेपालीजनसम्पर्क समिति अमेरिकाको अधिवेशन(प्राप्त मत सहित)

नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व निर्वाचित गरेको छ।

भर्जिनियामा भएको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन्।

उनले २६६ मत ल्याएर विजयी भएका हुन्। अध्यक्ष पदमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

वरिष्ठ उपसभापति विनोद भट्ट र हरि पी शर्मा निर्वाचित भए भने उपसभापति निमा बोम्जन, सञ्जीब श्रेष्ठ, श्रीराम थापा निर्वाचित भएका छन्। साथै युवा उपसभापति सुशील खत्री निर्वाचित भएका थिए। 

महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल निर्वाचित भए। सहमहामन्त्री अर्जुन बम, अनिता परियार र कोषाध्यक्ष नारायण पी पोखरेल निर्वाचित भएका छन्।

अधिवेशनमा महामन्त्री गुरूराज घिमिरे, सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लगायत सहभागी थिए। यसअघि सन् २०१४ मा अधिवेशन भएको थियो। 

ताजा समाचार