नेपाली कांग्रेस संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ।
साउन २९ देखि सुरू भई आज सकिएको बेलाले ५ वटा निर्णय गरेको छ।
जसमा धर्मबारे यस्तो उल्लेख छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपाल रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ।’
गत पुसमा भएको विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। उक्त पक्षले राष्ट्रिय भेला गरेका हुन्।