गाडी दुर्घटनामा स्वर्गद्वारीका उपमेयर मगरको निधन

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ। 

शनिबार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बाङ्गेसल्ला क्षेत्रमा दुर्घटना भएको हो। गाडी अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खस्दा ५० वर्षीय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले जानकारी दिए। 

दुर्घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक विश्वकर्माको नेतृत्वमा प्रहरी टोली टोली घटनास्थल पुगेको थियो। उपमेयर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, उपमेयर मगर आफैले गाडी चलाएका थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

ताजा समाचार