कैलालीको गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा २ सैनिक गम्भीर घाइते

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र नियमित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो ।

अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार