दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । यो जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।
आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ । उसले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । यी नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।