आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् ।

आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।

उनीहरूसँग केहीबेर ओलीले परामर्श गर्ने नेताहरूले बताएका छन् । अहिले गुण्डुस्थित ओली निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।

प्रहरीले आवश्यक कागजात पूरा गरेर गुण्डु पुगेको बताएको छ ।

ताजा समाचार