नेपालबाट पूर्णरुपमा बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । आज असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असोज २० गते अर्थात अक्टोबर ६ तारिखका दिनदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागका थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन शुरु भएको थियो।

आज भने नेपालको सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले जानकारी दिए ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मितिभन्दा आठ दिन ढिलो गरी अक्टुबर १० तारिख (असोज २४ गते) मनसुन बाहिरिएको छ ।

 नेपालबाटै मनसुनको बहिर्गमन भए तापनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने विभागले जनाएको छ ।

ताजा समाचार