काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा नगर परिक्रमासहित पशुपति आर्यघाटतर्फ अघि बढेको छ । टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै शवयात्रा महाराजगन्ज, चाबहिल हुँदै लगिएको हो । सयौं युवाहरू मोटरसाइकलसहित निस्किएका छन् ।
१० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चारजनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।