झ्यालको सिसाबाट छिरेको गोली लागेर हिमालयन जाभाका सञ्चालक मेहेता घाइते

काठमाडौं । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छ्न् ।

मेहेतालाई सिसाबाट छिरेको गोली लागेको प्रतिक्षदर्शी रमिला नेपालले नेपाल प्रेसलाई बताइन् । आफूसहित १५/२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिइन् ।

जेनजीको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । अहिले यहाँ सेना परिचालित छ ।

ताजा समाचार