पोखरा । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।
साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले गत १६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।
त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।
आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले सामाजिक सञ्जाल तथा युट्युबलगायत माध्यममा भद्दा रूपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।