जारी सिजनमा अहिलेसम्म ३९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा अहिलेसम्म ३ सय ९५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

तीमध्ये १ सय ५३ जना आरोहण अनुमति लिएका आरोही र २ सय ३५ जना शेर्पा सहयोगी रहेको पर्यटन विभागले जनाएको छ । ७ आरोही भने डोरी टाँग्ने समूहका हुन् ।

विभागका अनुसार यस वर्ष सगरमाथाका लागि मात्र ४७ समूहका ४ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा सहित २७ हिमालमा यो सिजनका लागि १ सय २७ समूहका १ हजार १ सय ६८ जनाले आरोहण अनुमति लिएका छन् ।

अहिले सगरमाथामा धमाधम आरोहण जारी छ । सगरमाथामा यो वष ५७ देशका आरोहीले अनुमति लिएका छन् ।

ताजा समाचार