काठमान्डौ
भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट काठमाडौँ ल्याइने भएको छ।
दुर्गाका दाइ लक्ष्मी प्रसाईंले उनलाई केही बेरमा काँकडभिट्टा नाकाकाे मेची पुल ल्याइपुर्याइने जानकारी नेपालखबरलाई दिए।
त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज (शुक्रबार) मेची पुलमा पुगिसकेका छन्।
त्यसपछि दुर्गालाई झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ ल्याउने तयारी रहेको जानकारी प्राप्त भएको छ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि फरार दुर्गा प्रसाईं बिहीबार भारतको आसाम राज्यमा पक्राउ परेका हुन्।