काठमान्डौ
जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प भएको छ।
अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली छ। जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।
दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। बेलुकाको २०:१० बजे जाजरकोट जिल्लाको कुशे गाउँपालिका पैँक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
क्षतिको विवरण बुझ्ने कार्य भइरहेको छ र कुशे, बारेकोट, छेडाको माथिल्लो भाग र जुनिचाँदे क्षेत्रमा क्षति गरेको हुन सक्ने प्रहरीले बताएको छ।
भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।