बालेन र राजु पाण्डेलाई कर्मचारी युनियनले सम्झाए मुलुकी अपराध संहिताको दफा ६६ र ८६

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयलाई लिएर कर्मचारी युनियन र कर्मचारी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई मुलुकी अपराध संहिताको दफा ६६ र ८६ सम्झाएका छन् ।

संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालना गर्दा त्यस्तो काममा मद्दत दिनुपर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन इन्कार गर्नु हुँदैन । साथै उक्त उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।’

युनियनका अध्यक्ष नरबहादुर साउद र स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बरालले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनीहरूले महानगर प्रहरी ऐन २०८० को दफा १८ को उपदफा ३ को व्यवस्थाबारे पनि ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार