राजावादीहरूको अराजकता: हिँड्दै, गाडी जलाउँदै(तस्विहरु)

तीन ठाउँमा जलाइए एक दर्जन गाडी

काठमान्डौ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेको छ।

शुक्रबार प्रसाईंको अगुवाइ र राजावादीहरूको समर्थनमा काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन र सभा आयोजना गरेका थिए। तर प्रदर्शन सभामा परिणत हुनुअगावै राजावादीहरू प्रहरीसँग भिडन्तमा उत्रिए।

भिडन्तको अगुवाइ स्वयम् दुर्गा प्रसाईंले गरेका थिए।

राजावादीहरूले आज उनलाई ‘फिल्ड कमान्डर’ तोकेका थिए। उनी नै गाडी लिएर प्रहरीको डफ्फा भएतिर अघि बढेका थिए। र, मुठभेडमा उत्रन आह्वान गरेका थिए।

त्यसपछि उत्तेजित बनेका प्रदर्शनकारीले निजी घर, सञ्चार गृहमा समेत निशाना बनाएका थिए।

प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टमा तोडफोड र आगजनी प्रयास गरे। 

प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाए। त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलाइएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्।

ताजा समाचार