काठमाडौं । काठमाडौंमा गणतन्त्र पक्षधरको प्रदर्शन जारी छ । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस पछि भृकुटीमण्डपमा कोणसभामा परिणत भएको छ ।
र्याली भृकुटीमण्डपमा पुगेर कोणसभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने छन । सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।
आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्।