विहानै २ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प,देशभर प्रभाव

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताए ।

भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए ।

ताजा समाचार