पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौँ —पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ ।

मन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइएको हो । सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न अस्पताल ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् ।

केसीका अनुसार पौडेलको हातमा र अनुहारमा आगोले असर गरेको छ । मेयर आचार्यलाई भने आगोको प्रभाव बढी परेको उनले जानकारी दिए ।

ताजा समाचार