जापानको ओकिनवामा रहेको पुस्तकालयमा नेपाल चिनाउने उदेष्य सहित नेपाल कर्नरको स्थापना

टोकियो

जापानको ओकिनवामा रहेको पुस्तकालयमा नेपाल चिनाउने नेपाली पुस्ताकहरुको संग्रह रहेको नेपाल पुस्तक कर्नर स्थापना गरिएको छ।

नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी,एल आरआइ स्कुल काठमाडौँ र ओकिनावा नेपाल फ्रेन्डशिप एशोसियशन(ओफा) का लक्ष्मण ओझा को बिशेष पहल नेपाल पुस्तक कर्नर स्थापना भएको हो। नेपाल पुस्तक कर्नरको औपचारि उद्घाटन सन २०२४ को डिसेम्बर २० तारिखका दिन राजदुत डा दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्य सम्पन्न भएको एवआकएनए ओकिनवाका निवर्तवान संयोजक ज्ञानु भट्टले जानकारी दिएको हुन ।

पुस्तक कर्नर नेपालका संस्कृति, पर्यटन, इतिहास र शिक्षासँग सम्बन्धित पुस्तकहरूको माध्यमबाट जापान र नेपाल बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि स्थापना गरिएको हो।

नेपाल पुस्तक कर्नरमा – नेपाली कला, संस्कृति र साहित्य,पर्यटकहरूको लागि गाइडबुकहरू,नेपालको प्राचीन इतिहास र समाज तथा शैक्षिक स्रोत एवं शिक्षासम्बन्धी पुस्तकहरू रहेका छन् ।

हाल नेपाल पुस्तक कर्नरमा ४ सय वटा पुस्तक हरु दर्ता गरिएका छन्।जापानका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी, एल आर आइ स्कुल काठमाडौँ र लक्ष्मण ओझाको संयुक्त पहलमा ४०० वटा पुस्तक नेपाली पुस्तक कर्नरको लागि हस्तान्तरण गरिएको हो।

नेपाल पुस्तक कर्नरको निम्ति राजदुत डा दुर्गा बहादुर सुबेदीले थप ५ सय वटा पुस्तक उपलब्ध गराउने कुरा समेत उद्घाटन समारोहमा जानकारी गराईएको बताईएको छ ।

ताजा समाचार